२०८३ असार १७ बुधबार

सहकारी पीडितहरूको माइतीघरमा अर्धनग्न प्रदर्शन

न्युज अफ नेपाल

काठमाडौँ।

सहकारी संस्थाबाट पीडित व्यक्तिहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन् ।सरकारलाई दबाब दिन पीडित महिलाहरुले अर्धनग्न प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले लामो समयदेखि सहकारी ठगीको न्याय नपाएको गुनासो गर्दै तत्काल समाधानको माग गरेका छन् ।

उनीहरुले ‘आन्दोलन रहर नभई बाध्यता हो’ हाम्रो धैर्यलाई कमजोरी नठानु जस्ता नाराले सजिएका प्लेकार्ड बोकेका छन्।

उनीहरूले सहकारी ठगीविरुद्धको आन्दोलन कुनै व्यक्तिगत स्वार्थ नभई आफ्नो जीवनरक्षाका लागि गरिएको सङ्घर्ष भएको बताएका छन् ।

२०८२ बैशाख १५, सोमबार प्रकाशित 0 Minutes 205 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।