२०८२ बैशाख १३ शनिबार

सुखानीबाट समाजवादीका नेताहरुको गर्जन —ओलीलाई लगाए बस्नेतले यस्तो आरोप (भिडियो)

सुखानी—नेपाल कम्युनिष्ट पार्टी ७६ औँ पार्टी दिवसका अवसरमा नेकपा(एकीकृत समाजवादी)ले आन्दोलनको समेत घोषणा गरेको छ ।नेकपा(एकीकृत समाजवादी)कोशी प्रदेश कमिटीले आयोजना गरेको नेकपाको स्थापना दिवसका अवसरमा सो पार्टीका वरिष्ठ नेता घनेन्द्र बस्नेतले अब आफ्नो पार्टीले जनता मुद्दालाई उठाएर आन्दोलन गर्ने बताए । सोही पार्टीका पोलिटब्यूरो सदस्य महेश रेग्मीले जनताको मुक्तिका लागि प्राणको उत्सर्ग गर्ने शहिद भूमीमा आएर नेकपाको स्थापना दिवस मनाउनु भनेको पार्टीलाई जनतासँग जोडेर जनमुद्धाका साथ आन्दोलनमा जानु पनि रहेको बताए । नेकपा(एकीकृत समाजवादी)कोशी प्रदेश अध्यक्ष सरिता खड्काको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सो पार्टीका विभिन्न कमिटीका नेता,कार्यकर्ता र समर्थकहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको व्यवस्थापन नेकपा(एकीकृत समाजवादी)झापा र इलाम जिल्ला कमिटीले गरेका थिए ।

२०८२ बैशाख ९, मंगलवार प्रकाशित 0 Minutes 15 Views

ताजा समाचार