
गुरुप्रसाद गौतम, बारा
बारा- बारामा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम लोकमार्ग अन्तरगत बाराको पथलैया–निजगढ सडकखण्डमा पर्ने जितपुरसिमरा उपमहानगरपालिका–१६ स्थित भुईपुल नजिकै टिपर र गाडी (कार) ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
आज दिउँसो ३ बजे निजगढबाट पथलैया तर्फ जाँदै गरेको प २-०३-००१ ख ०६०७ नम्बरको टिप्पर र पथलैयाबाट निजगढ आउदै गरेको बा ०१ ०२५ च ५०७६ नम्बरको .कार एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।
दुर्घटना हुँदा कारमा सवार सर्लाही बर्हथवा नगरपालिका–१५ हजरियन बस्ने ४६ वर्षीय नारायणहरि शर्माको मृत्यु भएको छ भने मुत्यु भएका कार चालकको हालसम्म परिचय नखुलेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरिक्षक सुमित कुशवाहाले जानकारी दिनुभएको छ ।
दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरुको उपचारको लागि निजगढ नगरपालिकास्थित प्रसुती अस्पताल लगिएको थियो तर चेकजाँच गर्दा दुवै जनाको मृत्यु भईसकेको अस्पताल प्रशासनले जनाएको छ ।
दुर्घटनापछि टिपर चालक फरार रहेका छन भने उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।नेपाल टिभी अनलाइनबाट ।