न्युज अफ नेपाल
काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन् । उनले सांसदको जिम्मेवारीमै रहने भन्दै कार्यवाहक सभापति डिपी अर्याल समक्ष राजीनामा बुझाएकी हुन् । श्रेष्ठले चैत्र १७ गते नै सभापति रवि लामिछानेलाई आफ्नो राजीनामा बुझाएको भए पनि आज कुरा बाहिर आएको हो ।

सम्भवतः श्रेष्ठले आज बस्ने केन्द्रीय समिति बैठकमा राजीनामाका सम्बन्धमा आफ्नो धारणा राख्नेछिन् । आफू संसद्मा केन्द्रित रहनुपर्ने भएकाले पनि पार्टी सहमहामन्त्रीको जिम्मेवारीमा रहन नसक्ने उनको धारणा रहेको स्रोत बताउँछ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



