
काठमाडौँ- आईसिसी अन्डर १९ विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।
ओमानले दिएको १ सय १८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २ विकेटको क्षतिमा ३५ ओभरको खेल बाँकी रहँदै लक्ष्य भेट्टाएको हो ।

आजको खेलमा निरज यादवले ४६ रनको योगदान दिएका थिए ।
ओमानविरुद्धको खेलमा ओमानले नेपाललाइ १ सइ १८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानलाई नेपालले १ सय १७ रनमै अलआउट गरेको थियो ।
माथिल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा युवराज खत्रीको घातक बलिङमा ओमानले निर्धारित ५० ओभरको खेलको ३८ ओभरमा सबै विकेट गुमाउँदै १ सय १७ रन मात्र बनाउन सक्यो ।
ओमानका लागि सिद्धार्थ सौवण्य शंकरले १६, रिषभ गुप्ताले ९, जित व्रजेश शाहले ५२, सौम्य भविन सम्पतले ८ रन बनाएका थिए ।
नेपालका युवराज खत्री एक्लैले ५ विकेट लिए।
युवराजले २ मेडन ओभरसहित ३१ वटा डट बल फ्याँकेका थिए । उनले १५ रन मात्र दिएर ५ विकेट लिएका थिए ।
उनी बाहेक सन्तोष यादवले २ दयानन्द मण्डल, अपराजित पौडेल र अशोक धामीले समान १/१ विकेट लिएका थिए ।नेपाल टिभी अनलाइनबाट ।