२०८२ बैशाख १५ सोमबार

नागरिक स्वतन्त्रता भन्दा ठूलो कुनै तन्त्र र वाद हुँदैन —पूर्वराजा ज्ञानेन्द्र शाह(भिडियो सन्देश)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको स्वतन्त्रताभन्दा ठूलो तन्त्र र वाद नहुने बताएका छन् ।

आइतबार(आज) नयाँ वर्ष२०८२को अवसरमा भिडियोमार्फत एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले प्रजातन्त्रमा राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार रहने उल्लेख गरेका छन् ।

‘उनले नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन भन्दैवास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ भनेकाछन्— नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ । त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं,’ पूर्वराजाले भनेका छन् ।

उनले मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिल्यैपनि योगदान पुर्‍याउँदै आएको समेत बताएका छन् ।

‘भिडियो सन्देशमा पूर्वराजाले भनेकाछन्—संसार धेरै अघि बढिसक्यो । तर हामी यो वा त्यो वादको चक्रमा फसेका छौं,’ पूर्वराजा शाहले भनेका छन्, ‘नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ । हरेक समस्याको समाधान, संवाद, सहमति समन्वय र सहकार्यबाट हुनसक्छ ।’(यो भिडियो हामीले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फडिराज पाठकको फेसबुुकबाट साभार गरेका हौँ)

 

२०८१ चैत्र ३१, आईतवार प्रकाशित 1 Minute 26 Views

ताजा समाचार