२०८१ चैत्र २७ बुधबार

राजावादी आन्दोलनलाई भारतको कुनै समर्थन नरहेको काँग्रेस सभापति देउवाको दावी

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादी आन्दोलनमा भारतको कुनै समर्थन नरहेको दावी गर्नु भएको छ ।

गणेशमान सिंह फाउन्डेशनले सोमबार काठमाडौंमा आयोजना गरेको ‘नेपाल-भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरले पुयाउनुभएको योगदान’ विषयक गोष्ठीमा देउवाले राजावादी आन्दोलनमा कुनै समर्थन नरहेको बताउनु भएको हो ।

नेपालको गणतन्त्रमा आफ्नो पूर्ण समर्थन रहेको र आफू नेपालको संविधान र व्यवस्थाविरुद्ध नरहेको भनी योगी आदित्यनाथले प्रतिवद्धता गरको भन्दै राजावादी आन्दोलनमा योगी आदित्यनाथको फोटो प्रदर्शन भए पनि भारतीय नेताहरुको साथ नरहेको देउवो भनाइ थियो ।नेपाल टिभी अनलाइनबाट ।

२०८१ चैत्र २५, सोमबार प्रकाशित 1 Minute 10 Views

ताजा समाचार