२०८१ बैशाख १५ शनिबार

प्रेम दिवसलाई लक्षित गरी आउने फुलमा पनी भारतकै भर

प्रेम दिवसलाई लक्षित गरी भारतबाट १ करोड ६० लाख बराबरको गुलाफको फूल आयात गरिने भएको छ । यस वर्ष कम खेती र चिसोको कारण आन्तरिक उत्पादनमा ह्रास आउँदा भारतबाट ९३ प्रतिशत गुलाफ आयात गरिने भएको हो ।प्रेम दिवसमा उपहार दिनका लागि प्रयोग गरिने भएकोले अन्य समयमा भन्दा गुलाफको माग बढ्ने गर्छ । यस वर्ष प्रेम दिवसमा नेपालभर २ लाख ८० हजार गुलाफको कारोबार हुने अनुमान गरिएको छ । जसमा २ लाख ६० हजार भारतबाट आयात हुनेछ ।

यस वर्ष बजारको मागको ७ प्रतिशत मात्र आन्तरिक उत्पादनले धान्ने अनुमान गरिएको छ । बजारको कुल मागको ९३ प्रतिशत गुलाफ १ करोड ६० लाख तिरेर भारतबाट आयात गर्न लागिएको हो । गत वर्ष १० प्रतिशत आन्तरिक उत्पादनले धानेकोमा यस वर्ष ७ प्रतिशतमा सीमित भएको हो । कोरोनापछि व्यवसायीले थप लगानी गर्न नसक्दा र प्रतिकुल मौसमका कारण आन्तरिक उत्पादनमा कमी आएको देखिन्छ।

प्रेम दिवस विशेषगरी युवा पुस्ताले भ्यालेन्टाइन कार्ड, गुलाफ तथा उपहार साटासाट गरेर मनाउने भएकाले विगतमा यस्ता सामाग्रीको माग बढ्ने गर्दथ्यो । तर यस वर्ष भने प्रेम दिवसको सुरुवातसँगै चहलपहल सुरु भएपनि विगतका वर्षमा जस्तो व्यापार नभएको व्यापारी बताउँछन् ।

प्रेम दिवसलाई विशेष गरी आफुले मन पराएका व्यक्तिसँग प्रेम प्रकट गर्ने अर्थात् युवायुवतीहरुले एक आपसमा आफ्ना प्रेम प्रस्तुत गर्ने दिनको रुपमा लिइन्छ । पछिल्लो समय प्रेम दिवस मनाइने शैलीमा परिवर्तन हुँदै जादा मिल्ने साथी , परिवार तथा विवाहित जोडीहरु बीच समेत उपहार साटासाट गर्ने चलन बढ्दै गएको छ ।

पश्चिमा मुलुकबाट शुरु भएको भ्यालेन्टाइन नेपालमा पनि चाडपर्व झैं मनाइने प्रचलन बढ्दै गएको छ । सरकारले गत वर्षदेखि प्लाष्ट्रिकका फूल ,गुच्छा आयातमा रोक लगाएको छ । जसले गर्दा बजारमा गुलाफको माग बढी छ । तर आन्तरिक उत्पादनमा बृद्धि हुन नसक्दा यसबाट फाइदा भने लिन सकिएको छैन ।

२०७९ माघ २४, मंगलवार प्रकाशित 0 Minutes 310 Views

ताजा समाचार