२०८२ बैशाख १७ बुधबार

युवाहरुले फेरोमारे वडा नं ८ लाई , सचेतनाका लागि मोटरसाईकल ¥याली (भिडियो)

मेचीनगर ।झापाको मेचीनगर नगरपालिका ८ नं वडा कार्यालय खेलकुद विकास समितिको आयोजनामा ‘दव्र्यसनबाट आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नाराका साथ मोटर साईकल ¥याली सम्पन्न भएको छ । ८ नं वडा कार्यालयले संयोजन गरेको सो ¥यालीले प्ले कार्ड सहित वडा नं ८ लाई फन्को मारेको थियो । ८ नं वडा कार्यालय परिसरबाट शुरु भएको ¥यालीमा स्थानीय क्लबहरु,स्थानीय युवा,जनप्रतिनिधि,प्रहरी प्रशासन,कर्मचारी,सामाजिक अगुवा,पार्टी प्रतिनिधि,स्वास्थ्यकर्मी र कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमका विषयमा वडा नं ८का वडा सदस्य विष्णु भट्टराईले संक्षिप्त रुपमा प्रकाश पारेर ¥यालीको अगुवाई गरेका थिए । काबा वडा अध्यक्ष कुन्दन निरौलाको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका प्रमुख ह्दय राजववंशी रहेका थिए । सो ¥यालीमा वडा सदस्यहरु कविता मिजार, मनकुमारी गिरी, काबा अध्यक्ष कुन्दन निरौला र सदस्य विष्णु भट्टराईको समेत सहभागिता रहेको थियो । मेचीनगर नगरपालिकामा पहिलो पटक दुव्र्यसनका बिरुद्धको जनस्तरबाट सचेतनाका लागि ८ नं वडाले कार्यक्रमको आरम्भ गरेको र आगामी दिनमा यसप्रकारका कार्यक्रमलाई निरन्तरता दिने सदस्य विष्णु भट्टराईले बताए । कार्यक्रममा उपस्थित सहभागिहरुलाई सो कार्यक्रमका अध्यक्ष कुन्दन निरौलाले धन्यवाद दिएका थिए ।

२०८१ चैत्र २०, बुधबार प्रकाशित 0 Minutes 33 Views

ताजा समाचार