२०८३ असार १७ बुधबार

प्रधानमन्त्री ओली एकीकृत समाजबादीको पार्टी कार्यालयमा

काठमाडौं – कुनै बेला एउटै पार्टीको शीर्ष नेतृत्वमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली,पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, झलनाथ खनाला सोमवार एकै ठाउमा भलाकुसारी गरेसँगै एमाले विभाजनबाट बनेको पार्टी नेकपा एकीकृत समाजबादीका नेता प्रकाश ज्वाले आइसब्रेक सज्ञा दिनु भएको छ ।

एमाले पार्टी फुटाएर माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजबादी दल बनेसँगै एमाले अध्यक्ष केपी ओली र नेपालबीच सम्बन्धमा सुधार हुन नसकिरहेका बेला ओली आज पहिलो पटक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा पुग्न भएको हो ।

ओली हिजो दिवंगत भएका नेकपा एस सम्वद्ध वरिष्ठ पत्रकार तथा लेखक पूर्व राजदुत कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन त्यहाँ पुग्न भएको हो । यस अघि एकदिन अघिमात्र पार्टी महासचिव शंकर पोखरेल पनि एकीकृत समाजबादीको पार्टी कार्यायलमा पुग्नु भएको थियो ।

माधब नेपालको पार्टी कार्यालय पुगेर कार्यालय ओलीले शुक्रबार आगजनीबाट क्षति पुगेको संरचना अवलोकन गर्नुका साथै नेकपा एसका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाललगायत नेतासँग बसेर कुराकानी पनि गर्नु भयो जहाँ एमालेबाट निकालिएका डा. भीम रावल समेत उपस्थित हुनुहुन्थ्यो । जसलाई नेकपा एसका उपाध्यक्ष तथा प्रवक्ता प्रकाश ज्वालाले ‘आइस ब्रेक !’नेपाल टिभी अनलाइनबाट ।

२०८१ चैत्र १८, सोमबार प्रकाशित 0 Minutes 180 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।