२०८१ बैशाख ८ शनिबार

कार्य सहजताका लागी स्वयमंसेविकालाई छाता, झोला र साइकल वितरण

मेचीनगर । गाउँ-टोलमा पुगेर काम गर्न सहज पुर्याउने उद्देश्यले स्वास्थ्य क्षेत्रमा कार्यरत स्वयमंसेविकालाई मेचीनगर वडा नं-१४ ले साइकल, व्याग र छाता वितरण गरेको छ ।

मेचीनगर नगरपालिका वडा नं-१४ को कार्यालयले आइतबार कार्यक्रम आयोजना गरी वडा अध्यक्ष बाबुलाल सुब्बाले ५ स्वयमंसेविकालाई १-१ थान साइकल, व्याग र छाता वितरण गरेको हो ।

मेचीनगर वडा नं-१४ स्थित स्वास्थ्य चौकीमा कार्यरत सामाजिक क्षेत्रमा क्रियाशिल स्वास्थ्य स्वयमंसेविका यसोदा खतिवडा, दिव्यकला शिवाकोटी, मञ्जु नेपाल, सीतादेवि खवास र दुर्गादेवी थापालाई साइकल, व्याग र छाता वितरण गरेर वडाले सम्मान गरेको जनप्रतिनिधि दिपक सुबेदीले जानकारी दिए ।

वडाले स्वयमंसेविकाहरुको कामको मूल्याङकन गर्दै यस आर्थिक वर्षको बजेटबाट रु.५० हजार रकम साइकल खरिदको लागि बिनियोजन गरिएको थियो । निःशुल्क रुपमा आफ्नो वडामा रहेका बालबालिकाको स्वास्थमा चासो राखेर औषधी वितरण तथा खोप अभियानमा उनीहरु जुटदै आएका छन् ।

मेचीनगर वडा नं -१४ का वडाअध्यक्ष बाबुलाला सुब्बाको सभापतित्वमा आयोजित कार्यक्रममा वडा सदस्यहरु लालमत मियाँ, दीपक सुवेदी, बिमला सेवा, र फूलकुमारी राजवंशीलगायतले साइकलको चावी, छाता र व्याग हस्तान्तरण गरेका थिए ।

२०७९ पुष ४, सोमबार प्रकाशित 1 Minute 721 Views

ताजा समाचार