२०८२ बैशाख १७ बुधबार

जनसभाले उदण्ड जत्थालाई मुखतोड जवाफ दिएको माओवादी केन्द्रको ठहर(विज्ञप्ति सहित)

काठमाडौ ।नेकपा(माओवादी केन्द्र)ले विज्ञप्ति जारी गर्दै चैत्र १५ गतेको जनप्रदर्शनले उदण्ड जत्थालाई मुखतोड जवाफ दिएको ठहर गरेको छ ।नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जारी गरेको विज्ञप्तिमा दीर्घकालीन अर्थमा जनताको गणतन्त्र स्थापनाका लागि एउटा ऐतिहासिक कोसेढुङ्गाको काम गरेको उल्लेख गरिएको छ ।


प्रेस विज्ञप्ति
चैत्र १५ गते बृहत् जनप्रदर्शन र जनसभामा सक्रिय र उत्साहपूर्ण सहभागिता जनाउनु भएकोमा सम्पूर्ण गणतन्त्रवादी जनसमुदायमा पार्टीको तर्फबाट हार्दिक आभार सहित धन्यवाद दिन चाहन्छु । हिजोको जनसभाले बहुआयामिक सन्देश दिएको छ । तत्कालिक रुपमा सरकारप्रति खबरदारी र ज्ञानेन्द्र शाहको योजनाबद्ध उक्साहटमा उदण्ड जत्थालाई एकैसाथ मुखतोड जवाफ दिएको छ । दीर्घकालीन अर्थमा जनताको गणतन्त्र स्थापनाका लागि एउटा ऐतिहासिक कोसेढुङ्गाको काम गरेको छ ।
ज्ञानेन्द्र शाहको योजनामा उनका मतियारहरूले शुक्रबार गरेको प्रदर्शन विध्वंशको पराकाष्ट थियो । हिंसात्मक प्रदर्शनमा पत्रकार सुरेश रजक तथा सविन महर्जनको मृत्यु भएको छ । साथै नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० को पार्टी कार्यालय एवं निजी तथा सार्वजनिक सम्पत्तिको तोडफोड गर्ने, सञ्चार गृह र औषधि कारखानामा आगो लगाउने, डिपार्टमेन्ट स्टोर भित्र पसेर सामानहरु लुट्ने जस्ता डकैतीजन्य, अमानवीय र अराजक कार्यको घोर भ्रत्सना एवं निन्दा गर्दछु ।
यस्ता हिंसात्मक एवं आपराधिक कार्य गर्न÷गराउन उक्साउने योजनाकार तथा प्रदर्शनका आयोजकलाई सम्पूर्ण घटनाप्रति जवाफदेही बनाउन र अझ गम्भीर अनुसन्धान गरी दोषीलाई कडाभन्दा कडा कारवाही गर्न सरकारसँग जोडदार माग गर्दछौँ । यस प्रकारका सबै आपराधिक कार्यलाई कानुनको दायरामा ल्याई विधिको शासन कायम गर्न सरकारको गम्भीर ध्यानाकर्षण गरिन्छ ।

मितिः २०८१ चैत्र १६ गते

(अग्नि प्रसाद सापकोटा)
उपाध्यक्ष÷प्रवक्ता
नेकपा(माओवादी केन्द्र)

२०८१ चैत्र १६, शनिबार प्रकाशित 0 Minutes 29 Views

ताजा समाचार