२०८२ बैशाख १५ सोमबार

तीनकुने क्षेत्रमा कर्फ्यू जारी

तीनकुनेमा प्रदर्शनकारीले आगजनी गरेको घर । तस्बिर : केशब गुरुङ

काठमाडौँ, चतै १५ गते । काठमाडौँको तीनकुने क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू) जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता अशोक कुमार भण्डारीले शुक्रबार दिउँसो ४:२५ देखि राति १० बजेसम्मका लागि सो क्षेत्रमा निषेधाज्ञा कर्फ्यू आदेश जारी गरिएको जानकारी दिनुभयो ।

तीनकुनेमा भेला भएका पूर्व राजाका समर्थक र प्रहरीबिच झडप भएपछि सो क्षेत्रमा कर्फ्यू जारी गरिएको हो । स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको जानकारी प्रहरीले दिएको छ । प्रदर्शनकारीले श्री राज भवन र त्यहाँ रहेको कुमारी बैँकमा समेत तोडफोड गरेका छन् । तोडफोडपछि प्रदर्शनकारीले भवनमा आगजनीसमेत गरेका छन् ।गोरखापत्र अनलाइन

 

२०८१ चैत्र १५, शुक्रबार प्रकाशित 1 Minute 20 Views

ताजा समाचार