२०८१ बैशाख ७ शुक्रबार

रक्षामन्त्री हरिप्रसाद उप्रेती भारत भ्रमणमा जाने

 

रक्षामन्त्री हरिप्रसाद उप्रेती भारत भ्रमणमा जाने भएका छन् । उनी फागुन एक गते छिमेकी मुलुक भारत जान लागेका हुन । दुई देशको सुरक्षासम्बन्धी नियमित बैठकका लागि उप्रेतीको भारत भ्रमण मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन ।

उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे नेतृत्वको प्रतिनिधि मण्डलको भारत भ्रमण पनि बैठकले स्वीकृत गरेको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गत १२ औं तहका डा. दीपेन्द्ररमण सिंहको भारत भ्रमणपनि सरकारले स्वीकृत गरेको छ । सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव कृष्णहरि पुष्करलाई संघीय मामिला मन्त्रालयमा र संघीय मामिला मन्त्रालयका सचिवलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ ।

त्यस्तै सहन्यायाधिवक्ता गोपालप्रसाद रिजाललाई राजपत्राङ्कित विशेष श्रेणीको नायव महान्यायाधिवक्ता पदमा बढुवा गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै बैठकले राजपत्राङ्कित द्वितीय श्रेणीका २३ जना अधिकृतहरुलाई सम्बन्धित सेवा समूहका राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव वा सो सरहको पदमा बढुवा गर्ने निर्णय गरेको छ । सरकारले पेट्रोलियम अन्वेषणका लागि दैलेखको भैरवीमा ४५ रोपनी जग्गा प्राप्त गर्न स्वीकृति दिएको छ ।

बैठकले वागमती बाँध आयोजनाका लागि गोकर्णेश्वरको १४ रोपनी जग्गा प्राप्तीका लागि पनि सरकारले स्वीकृति दिएको छ । सम्पति शुद्धिकरण निवारण तथा व्यवसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्नपनि मन्त्रिपरिषदले स्वीकृति दिएको छ । सेनाका सदस्यहरुलाई हिमाल आरोहण गर्दा लाग्ने सलामे दस्तुरलाई छुट गर्ने निर्णय पनि बैठकले गरेको छ ।

२०७९ माघ २४, मंगलवार प्रकाशित 1 Minute 160 Views

ताजा समाचार