२०८१ बैशाख ८ शनिबार

सरकारको महत्वकांक्षी आयोजनाका द्रुतमागको प्रगती कती ?

 

हेटौंडा– सरकारको महत्वकांक्षी आयोजनाको रुपमा रहेको काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) मा सुरुङमार्ग र पुल निर्माणको कार्यले गति लिएको छ । पहिलो चरणको ट्रयाक निर्माण सम्पन्न गरेको नेपाली सेनाले दोश्रो प्याकेज अनुसार मार्गमा पर्ने आवश्यक सुरुङ मार्ग र पुल निर्माणको कामलाई ठेक्का लगाएरै गति दिएको हो ।

निर्मार्णाधिन आयोजनाको कामलाई गति दिन दुई नेपाली र पाँच चाइना कम्पनीले ठेक्का मार्फत काम गरीरहेको नेपाली सेनाले जनाएको छ । आगामी २०८१ मंसिर सम्म सम्पन्न गर्ने लक्ष्य सहित भैरहेको मार्गमा सुरुङको प्याकेज–१ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र प्याकेज–२ मा पोली च्याङ्दा कन्स्ट्रक्सन कम्पनीले काम गरिरहेको छ । मकवानपुरको भिमफेदी गाउँपालिका–८ महादेवटारमा (माहादेवटार देखी खोल्खोप ३.४ किमी), बकैगा गाउँपालिका–१२ धोेद्रेमा (सिम्पानीदेखि चालिसे खोल्सी १.६ किमी) र बकैया– ११ लेनडाँडामा (घट्टेपाखादेखि बाँदरेखोल्सी १.६ किमी) गरी तिन वटा सुरुङमार्ग र पुल निर्माणको काम भैरहेको छ ।

नेपाली सेनाका अनुसार तिब्र गतिमा भैरहेकोे सुरुङ निर्माण अन्र्तगत महादेबटारमा ६५० मिटर, धोद्रेमा ४०० मिटर र लेनडाँडामा १५० मिटर काम भैसकेको छ । निर्माणको क्रममा तराईबाट काठमाण्डौं जाने र फर्कने दुबै सुरुङमार्गको काम एकै साथ भैरहेको छ । सुरुङमार्ग निर्माणको क्रममा १३५ मिटर हिडाईको लम्बाईमा आउने र जाने दुबैटाउँमा सम्भावित घटनालाइ ध्यान दिंदै ‘कनेक्सन’ गरिएको सेनाले जनाएको छ । सडक निर्माण कार्यदलमा खटिएका सेनाका एक अधिकृतले भने ‘कामलाई तदारुकताका साथ अघि बढाउन हामिले कुनै कसर बाँकि राखेका छैनौं।’ उनले सुरुङमार्ग सँगै साना पुलको निर्माण कार्य पनि अघि बढीरहेको बताए ।

तोकिएको समयमा कामलाई सम्पन्न गर्नका लागि लागि परेको बताउँदै उनले भने अब मकवानपुरको र बाराको सिमा क्षेत्रमा पर्ने बन कटान र केही मुहाव्जाको काम बाँकी रहेको बताए । नेपाली र बाह्य कम्पनीसँग काम लिदै गरेका सेनाले निर्माणको कामसँगै केही ठाउँमा वाताबरणीय अध्ययनको काम बाँकी रहेको जनाएको छ । उनका अनुसार सुरुङमार्गको निजगढ देखि मकवानपुरको महादेबटार सम्म सात वटा प्याकेजमा काम चलिरहेको छ । २०६६ कार्तिक २३ गते वाट काम थालेको सेनाले सुरु गरेको काम २०६९ फागुन २७ मा ट्रयाक निर्माणको काम सकाएको थियो ।

ललितपुरको खोकनाबाट मकवानपुरको ठिंगन हुँदै वागमती नदीको किनारबाट सिमात र बकैया खोला भएर बाराको निजगढ सडकखण्डमा जोडिने द्रुतमार्गमा ५० मिटरभन्दा लामा ४० वटा पुल र अन्य सानातिना ८० वटा पुल निर्माण हुने बताइएको छ । द्रुत मार्ग बाराको निजगढबाट ७६ किलोमिटरको लम्बाइमा काठमाण्डौं जोडिने छ ।

 

२०७९ माघ २४, मंगलवार प्रकाशित 1 Minute 227 Views

ताजा समाचार