
मेचीनगर ।
झापाको मेचीनगर नगरपालिकामा सार्वजनिक सुनवाई कार्यक्रममा उपस्थित सहभागिको प्रश्नको जवाफ जनप्रतिनिधिले दिएका थिए । मेचीनगर नगरपालिकाको सभाकक्षमा भएको सो कार्यक्रमको सहजकर्ता काजी मिडिया एण्ड टेक्नोलोजी प्रालि रहेको् थियो । कार्यक्रममा नगरका प्रमुख,उप प्रमुख,वडाका जनप्रतिनिधि,नगरवासी,कर्मचारी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
वडा कार्यालय तथा नगरपालिका कार्यालय परिसरमा नागरिकसँग गरेको सर्भेक्षणको नतिजा सहजकर्ता अम्बिका भण्डारीले प्रस्तुत गरेकी थिइन्।

सार्वजनिक सुनुवाई कार्यक्रममा नागरिकहरुले उठाउने प्रश्नहरुको आंचारसहिताका विषयमा सञ्चारकर्मी ज्ञानेन्द्र निरौलाले सहभागीहरुको ध्यानाकर्षण गराएका थिए ।नगरवासीहरुबाट आएका प्रश्नलाई सुझावका रुपमा लिँदै पहिलो चरणको मेचीनगर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
आज नगरपालिकाको सभाहलमा आयोजना भएको सार्वजनिक सुनुवाई कार्यक्रममा पन्ध्र जना नगरवासीहरुले राखेका प्रश्नहरुलाई नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती र १० नं। वडाका वडाध्यक्ष नारायण खनालले सुझावको रुपमा ग्रहण गर्दै जवाफ दिएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा मेची उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष भूमि पौडेल, मेचीनगर–६ का नरेन्द्रप्रकाश सिटौला, मेचीनगर–७ का हरिप्रसाद संग्रौला, मेचीनगर–९ की सरस्वती सिटौला, मेचीनगर–१५ का देवेनलाल मेचे, मेचीनगर–१० का प्रेमप्रकाश फलाहारी, मेचीनगर–१० का उदय बराइली, मेचीनगर–७ का अमरबहादुर परियार, मेचीनगर–१२ का कालु मेचे, मेचीनगर–६ की सीता पोखरेल, सञ्चारकर्मी नवराज सुवेदी, मेचीनगर–९ की जानुका ओली, मेचीनगर–९ की सविता पोखरेल, मेचीनगर–१४ की पूर्व जनप्रतिनिधि विन्दा प्रसाई, मेचीनगर–९ की पुष्पा भण्डारीले नगरको विभिन्न विषयमा प्रश्न गरेका थिए ।