२०८२ बैशाख १७ बुधबार

उजुरी नै नपर्ने प्रहरी चौकी

नाम्खा गाउँपालिका –५ को यारी प्रहरी चौकीमा ड्यूटीमामा रहेका प्रहरी । तस्बिरः राजन रावत

राजन रावत

हुम्ला, फागुन १० गते । जिल्लाको उत्तरी क्षेत्रका प्रहरी चौकीमा उजुरी नपरेको देखिएको छ । हिउँदमा चिसोको कारण मानिसहरुको वसोवास कम हुने र बाहिरका मानिसहरुको आउजाउ नहुने भएका कारण कुनै अपराधिक घटना नघट्ने र उजुरी नपर्ने प्रहरी कार्यालयका पदाधिकारीको भनाइ छ ।

गत मङ्सिर महिना यता यारी प्रहरी चौकीमा एउटा पनि उजुरी नपरेको यारी प्रहरी चौकीका इन्चार्ज प्रहरी हवल्दार श्रीराम पार्कीले बताउनुभयो । उहाँले चौकी ड्युटी दिने तर कुनै पनि उजुरी नपर्ने भएको कारण चौकीमा कुर्ने काम मात्र भएको बताउनुभयो ।

उहाँले उजुरी नपरे पनि प्रहरी यारीको निम, ह्याङ्सी गाउँसम्म एक दिन लगाएर गस्ती गर्न भने जाने गरेको बताउनुभयो । हिउँदमा हिल्सा नाकाबाट चीनको ताक्लाकोट आउजाउ नहुने भएको कारण पनि कुनै अपराधिक घटना हुने नगरेको उहाँले बताउनुभयो ।

हाल यारी र दह गाउँमा प्रहरी बाहेक स्थानीयको मात्र वसोवास हुने गरेको छ । यारी प्रहरी चौकीमा ६ जना प्रहरीले काम गर्दै आउनुभएको छ । विगतमा यारी गाउँ झगडा भइरहने गाउँमा पथ्र्यो । यता सिमा प्रहरी चौकी हिल्साका प्रहरी सहायक निरीक्षक ललितबहादुर रावतले हालसम्म प्रहरी चौकीमा कुनै पनि उजुरी नपरेको बताउँदै नारामा हिमपातले सडक अवरुद्ध भएपछि मानिसको आउजाउ बन्द भएको बताउनुभयो ।

नियमानुसार चौकीमा बस्नै पर्ने भएका कारण हाल प्रहरी हिल्सामा बसिरहेको उहाँले बताउनुभयो । स्थानीय बाहेक सशस्त्र प्रहरी र जनपद प्रहरी मात्र हिल्सामा वस्दै आउनुभएको छ । हिउँदको समयमा गत वर्षसम्म प्रहरी चौकीमा नवसेर मुचु प्रहरी चौकीमा सर्ने गथ्र्यो ।

स्थानीयको वसोवास कम हुँदैगएको कारण पनि कुनै आपराधिक घटनाहरु नभएको प्रहरीको भनाइ छ । कुनै घटना नहुने भएकै कारण नाम्खा गाउँपालिका –६ को हिमालपारीको गाउँ लिमीको सुनखानी प्रहरी चौकी ६ महिनाका लागि स्थापनादेखि जिल्लामा सर्ने गर्दैआएको छ ।गोरखापत्र अनलाइन

 

२०८१ फाल्गुन १०, शनिबार प्रकाशित 1 Minute 41 Views

ताजा समाचार