२०८१ फाल्गुन २८ बुधबार

जिल्ला प्रहरी कार्यालयमै झुण्डीएको अवस्थामा खतिवडा

झापा । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायब निरिक्षक(सई)धनराज खतिवडा झुण्डीएको अवस्थामा फेला परेकाछन् । जिल्ला प्रहरी कार्यालय झापाको माथिल्लो तेस्रो तलको पानी टेंकीमा जाने फलामे भ¥याङ्गमा झुण्डीएको अवस्थामा उनी फेला परेकाहुन् । जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सुचना अधिकारी प्रहरी निरिक्षक विजय चौहानका अनुसार मृतक सई खतिवडाले डोरीको पासो लगाएर झुण्डीएको अवस्थामा फेला पारेको बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय झापाको तेस्रो तलामाथि रहेको पानी टेंकीमा जाने फलामे भ¥याङ्गमा खतिवडालाई झुुण्डीएको अवस्थामा फेला पारिएको थियो । मृतक खतिवडा भोजपुरको टेम्के मैयुङ्ग गाउँपालिका वडा नं ४ घर भई हाल मोरङ्ग जिल्ला कानेपोखरी गाउँपालिका वडा नं ७ मा बसोबास गर्दै आएको थाहा भएको छ ।
घटनाका विषयमा खतिवडाका आफन्तलाई जानकारी गराईएको र आवाश्यक कानुनी प्रकृयाका साथै अनुसन्धान पनि शुरु गरिएको निमित्त सुचना अधिकारी चौहानले बताए ।

२०८१ फाल्गुन ४, आईतवार प्रकाशित 0 Minutes 116 Views

ताजा समाचार