
बन्दको दोस्रो दिन पूर्वी नाका काँकरभिट्टा । पूर्वी नाका काँकरभिट्टामा बन्दको प्रभाव । मुक्कुम्लुङ्ग संरक्षण तथा केबुलकार खारेजीको माग गर्दै आव्हान गरिएको बन्दको दोस्रो दिन पूर्वी नाका काँकरभिट्टा बजारको बिहन ८ बजेको दृश्य हो यो । यातायात क्षेत्रमा बन्दको आंशिक प्रभाव परेको देखिन्छ । लामो गन्तब्यका सवारी साधन अन्य दिनको तुलनामा कम चलेका देखिन्छ भने साना सवारी साधन नियमित झै संचालन भएको देखिन्छ ।बन्द आयोजकले आईतबार र सोमबार बन्दको आव्हान गरेकाछन् तर काँकरभिट्टामा बन्दको प्रभाव यातायात क्षेत्रमा परेको भएपनि अन्य व्यवसायमा यसको प्रभाव रहेको थिएन ।

chautaripostonlinetv
२०८१ माघ २१, सोमबार प्रकाशित
1 Minute
25 Views