स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेल कान्ति बाल अस्पतालको ६३ औँ वार्षिकोत्सवको अवसरमा बोल्नुहुँदै ।
काठमाडौं, पुस २२ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले अस्पतालले सञ्चालन गरेको फार्मेसीमा औषधी पाउँदैन भन्नु गैरकानुनी भएको बताउनुभएको छ । कान्ति बाल अस्पतालको ६३ औँ वार्षिकोत्सवको अवसरमा मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “कान्ति अस्पतालले चलाएको फार्मेसीमा कुनै पनि औषधी पाइँदैन भन्ने गुनासो सुन्नमा आएको छ । अस्पतालले सञ्चालन गरेको फार्मेसीमा औषधी पाउँदैन भन्नु गैरकानुनी हो । विपल्पमा के हो त्यो दिन सकिन्छ । विपल्प नभएको स्थिति बनाउन पाइँदैन ।”
अस्पतालमा भएको फार्मेसी राम्रोसँग सञ्चालन गर्न सकियो भने अस्पताललाई नै नाफा हुने उहाँले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “धेरै औषधी राखियो भने धेरै आम्दानी हुन्छ । आम्दानी धेरै हुने उपाय किन अपनाइँदैन । कहाँ समस्या भएको हो । आफैँलाई आम्दानी हुनेमा पनि किन हेलचेक्राई गरिएको हो ।”
सरकारले पुस १ गतेबाट लागु हुने गरी फार्मेसिस्टहरूले औषधी बिक्री गर्दा अनिवार्य पोशाक (ड्रेस) लगाउनपर्ने नियम लागु गरेको मन्त्री पौडेलको भनाइ छ।
आम नागरिकलाई कम खर्चमा औषधी उपलब्ध गराउन मूल्य समायोजन गर्न समिति गठन गरेको मन्त्री पौडेलको बताउनुभयो ।
“पाटक अस्पताल, धुलिखेल अस्पतालमा जेनेरिक औषधी लागु गर्न सम्भव हुुँदा अन्य अस्पतालमा किन नहुने ? गुणस्तरको पक्षमा समस्या हुन्छ भनिएको छ। त्यसको पनि समाधान होला नि ।” उहाँले भन्नुुभयो ।
मन्त्री पौडेलले सेवाग्राहीको पटेकबाट कम खर्च हुने उपाय अपनाउन सकिने सबै उपाय अपनाउन अस्पतालको व्यवस्थापकसँग आग्रह गर्नुभयो । उहाँले एक्सेलगायतको रिपोर्ट डिजिल बनाउन आग्रह गर्नुभयो ।
अस्पतालप्रति विश्वास भएकाले दिन प्रति दिन बिरामीको भिड बढ्दै गएको बताउनुहुँदै मन्त्री पौडेलले भएका स्रोत साधानमा थप सेवा विस्तार गर्न सकिन्छ भन्ने विषयमा कार्यरत कर्मचारीलाई अनुरोध गर्नुभयो ।
अस्पतालमा जनशक्ति अभाव, भौतिक पूर्वधार पुर्ती गर्न कर्मचारीलाई थप सेवा सुविधा दिन विषयमा सरकारले छलफल गरी रहेको मन्त्री पौडेलले जानकारी दिनुभयो ।
कान्तिलाई उपचारत्मक सेवा उपलब्ध गराउने अस्पताल मात्रै होइन उपचार गर्ने जनशक्ति उत्पादन गर्ने अस्पतालका रूपमा विकासित गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “बालबच्चाका लागि उपचार गर्ने विशिष्टिकृत क्षमता प्राप्त गर्ने जति पनि शैक्षिक कार्यक्रम छन् ति सबै कान्तिमा चल्नुपर्छ । ति कार्यक्रमहरू चलाउन सकियो भने सेवा सन्तुलन नमिलेको विषय समाधान हुन सक्ने विश्वास छ ।”
गोरखापत्र अनलाइन