२०८१ माघ २ बुधबार

सांसद शर्माले सुनाए आफ्नो क्षेत्रका विकास निमार्णका कामहरु ,झापा क्षेत्र नं १मा के हुदैछ ?

झापा क्षेत्र नं १ का प्रतिनिधि सभाका सांसद तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो क्षेत्रमा भएका विकास निमार्णका कामहरु साक्षी राखेर सुनाए । आईतबार झापाको धुलाबारीमा भएको नेपाली काँग्रेस क्षेत्र नं १को भेलामा प्रमुख वक्ताका रुपमा उपस्थित उनले आफ्नो निर्वाचन क्षेत्रमा भएका विकासका कामहरु उपस्थित सहभागिहरुलाई सोधेर बताएका थिए । सम्बोधनका क्रममा उनले एक ब्यक्ति एक कार्यकाल मात्र राष्ट्रपति र दुई पटक सम्म मात्र प्रधानमन्त्री बन्न पाउने प्रावधान संविधान संसोधनका क्रममा हुनुपर्ने समेत बताए ।सो कार्यक्रम क्षेत्र नं १का सभापति ईन्द्रबहादुर बुढाथोकीको सभापतित्वमा सम्पन्न भएको थियो ।

chautaripostonlinetv

२०८१ पुष २१, आईतवार प्रकाशित 1 Minute 546 Views

ताजा समाचार