२०८१ बैशाख १३ बिहीबार

सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घट्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला ५०० रुपैयाँले घटेको छ ।

अघिल्लो दिन प्रतितोला एक लाख ६ हजार ३०० मा कारोबार भएको सुनको मूल्य आज एक लाख पाँच हजार ८०० तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख पाँच हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन एक लाख पाँच हजार ८०० थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार ३६५ कायम रहेको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।रासस

२०७९ माघ १७, मंगलवार प्रकाशित 0 Minutes 247 Views

ताजा समाचार