झापा । अमेरिकामा टिकटक माथिको प्रतिबन्धको बहस एक किसिमको तरंग नै ल्यायो । खासमा चीनले एकदमै छिटो प्रतिक्रिया जनाउँदै टिकटकको पक्षमा धारणा राख्न थालेको थियो । पश्चिमा देशका धेरै अधिकारी सुरक्षाकर्मी र राजनीतिकर्मीका लागि आफ्नो काम गर्ने मोबाइलमा टिकटक एप डाउनलोड गर्न बर्जित गरिएको छ ।
यसरी टिकटकमाथि धेरै निगरानी गर्नुका पछाडि पक्कै केही कारण छन् । सन् २०२२ को जुलाईमा प्रकाशित एक रिपोर्ट अनुसार टिकटकले लोकेसन मात्र पत्ता लगाउँदैन । टिकटक प्रयोग गरिएको डिभाइसमार्फत अन्य धेरै गोप्य सूचना पनि लिने गर्छ । टिकटक मार्फत सूचना चोरी गर्नेले यस्तै अन्य सामाजिक सञ्जालमा प्रवेश गरेर सूचना चोरी गर्ने काम गर्न सक्छन् ।
निजी सूचना र गोपनीयता भंग हुने जोखिम पहिलो समस्या हो । अन्य समस्या पनि नभएका होइनन् । निःशुल्क एप सञ्चालन गर्न दिएर यसले सबैका बारे सूचना प्राप्त गर्छ । त्यो सूचनाको आधारमा आफ्नो विज्ञापन गर्न र इन्टरनेटमा आफ्नो अनुकूल सूचना प्रवाह गर्नका लागि यसलाई धेरैले उपयोग गर्ने गरेका छन् ।
टिकटकको मालिक तथा साहु कम्पनी बेइजिङसँग सम्बन्धित बाइट डान्स हो । यसको सूचना र सामाजिक सञ्जालमा अमेरिकी प्रभाव रहित एप तयार गर्ने पनि हो । फेसबुक, इन्स्टाग्राम, स्न्यापचाट र युट्युब अमेरिकामा आधारित एप हुन् । अमेरिकी तथा अन्य केही देश साइबर सुरक्षाका इथिक र गोपनीयताको मापदण्डमा इमानदार भएका कारण अमेरिकामा आधारित एप जोखिमपूणर् मानिँदैनन् ।
यसअघि डोनाल्ड ट्रम्पकै कार्यकालमा पनि टिकटकले कामदारको सबै सूचना लिने र यसको आधारमा ब्ल्याक मेलिङका काम धेरै भएका सूचना बाहिर आएका थिए । झट्ट हेर्दा यो सैद्धान्तिक रूपमा मात्र जोखिमपूणर् मानिए पनि सन् २०१७ मा चीनमा पास भएको एउटा कानुन भने साँच्चै मनन् गर्न लायक नै छ ।
चीनको ‘राष्ट्रिय इन्टलीजेन्स ल’को धारा ७ मा देशको गुप्तचर संस्थालाई सबै नागरिकले अनिवार्य सहयोग गर्नुपर्ने कुरा उल्लेख छ । यसको मतलब के हो भने हरेक चिनियाँ नागरिक जुनसुकै स्थानमा भए पनि जासुसको रुपमा काम गरिरहेको हुनसक्ने छन् ।
जर्जीया इन्स्टिच्युट अफ टेक्नोलोजीको अनुसन्धान अनुसार निजी कम्पनी र प्रयोगकर्ताको अधिकार हनन्को चेतावनी समेत दिइएको छ । सन् २०२० यता धेरै अध्ययनले के देखाएको छ भने टिकटकमा चिनियाँले सहजै गैर चिनियाँको बारे बुझ्न सहज हुने तथा गैर चिनियाँले चिनियाँका बारे बुझ्न कठिन हुने अवस्था रहेको छ । सन् २०२२ मा बायटडान्सले अमेरिका र बेलायतका दुई पत्रकारको लोकेसन त्यसै एपबाट ट्रायक गरिएको स्वीकार गरेको छ । यस फर्मले डेटा सेन्टर भने चीनमा बनाएको छैन । संसारका अन्य भागमा नै डेटा राख्ने गरिएको छ ।
युरोपमा पनि एउटा निश्चित समुदायमार्फत सबै डेटा संकलन गर्न चिनियाँ एप प्रयोग गर्ने गरिएको छ । सन् २०२२ को नोभेम्बरको कुरा हो, फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई)का निर्देशक क्रिस्टोफर रेले चीनले टिकटक मार्फत आफ्ना कुराहरू स्थापित गर्न प्रयास गरिहरेको बताएका थिए । उनले यो कुरालाई बारम्बार अगाडि ल्याएका थिए । टिकटककै भगिनी एप डायना चीनमा मात्र प्रयोग हुने गर्छ । यसले नै एउटा पाठ्यक्रम मार्फत धेरै कुरा भाइरल बनाउने गरेको छ ।
चीनमा धेरै सामाजिक सञ्जाल प्रतिबन्धित छन् । राज्य र सुरक्षा निकायको पहुँचमा उनीहरू छन् । चीनको अनुकूल बाहेकका सामग्री प्रकाशित भएका धेरैका आइडी बन्द हुन्छन् । अमेरिकाका पनि उर्गुयस मुसलमान माथिको ज्यादतीको विरुद्धमा आवाज उठेपछि धेरैका टिकटक आइडी बन्द भएका थिए । पछि यी आइडी फेरि सञ्चालनमा आएका थिए ।
घटनाक्रमले के देखाएको छ भने टिकटक कुनै पनि देशका लागि घातक हुनसक्छ । चाहे राज्यको सूचना गोप्य राख्ने सवालमा होस् या राज्यको नीति प्रस्ट राख्ने कुरामा यो जोखिम मानिन्छ । झट्ट हेर्दा यसमा बेफाइदा नहुन सक्छ । तथापि युद्ध र कुनै देशसँग सम्बन्ध बिग्रिएको समयमा त्यस देशका नागरिकले टिकटक प्रयोग गर्ने शैलीले धेरै क्षति पनि हुनसक्छ ।
यो एप भारतमा प्रतिबन्धित छ । भारतले सन् २०२० मा नै टिकटक लगायत अन्य धेरै चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । तर, अमेरिकाको प्रतिबन्धको धेरै अर्थ रहनसक्छ । हुआएलाई फाइभ जी संरचना निर्माणमा रोक लगाएपछि टिकटकमाथि पनि अमेरिकी नीति अझ कठोर भएको हो ।
सन् २०२२ मा चीन र अमेरिकामा रहेका बायट डान्सका कर्मचारीले केही सञ्चारकर्मीलाई लक्षित गर्दै उनीहरूको सूचना प्राप्त गर्ने काम गरेको समाचार बाहिर आएको थियो । यसै घटनालाई हेर्दै सन् २०२३ को सुरुआतमा नै युरोपेली युनियनले कर्मचारीलाई काम गर्ने क्रममा प्रयोग गरिने फोनमा टिकटक चलाउन पूणर्रूपमा प्रतिबन्ध लगाएको हो ।
साइबर आक्रमणबाट जोगाउनका लागि त्यो निणर्य गरिएको थियो । नेदरल्यान्ड्सका इन्टरनेट विज्ञले नै कुनै पनि डिभाइसबाट अनिवार्य टिकटक हटाउनका लागि कुनै विकल्प नभएको बताएका थिए । सन् २०२१ मा युनिभर्सिटी अफ टोरन्टोमा गरिएको एक अध्ययनका अनुसार टिकटकबाट नै मानिसका धेरै सूचना बाहिर गइरहेका हुन्छन् ।
संसारका धेरै देशमा त टिकटक एउटा उमेर भन्दा कमका व्यक्तिलाई चलाउन दिँदा यो अझ बढी घातक हुने जनाइएको थियो । आयरल्यान्ड, बेलायत र क्यानडामा विगतमा नै यसबारे अध्ययन भएको थियो । यसैगरी, नेदरल्यान्ड्स, इटाली र फ्रान्सको अध्ययनले देखाए अनुसार टिकटकमार्फत व्यक्तिगत प्रचार गर्ने क्रममै राज्यको महत्वपूणर् सूचनासमेत लिक हुने जोखिम देखिएको छ ।
व्यक्तिगत गोपनीयतामा आउन सक्ने जोखिम हुने अनुमान गर्दै गत वर्षको अक्टोबरमा क्यानडामा चीनको म्यासेज एप वि च्याट माथि प्रतिबन्ध लगाएको हो । सोही समयमा रुसको एन्टी भाइरस एप कास्पारेस्की पनि प्रतिबन्ध लगाइएको हो । यी दुई एपबाट व्यक्तिगत गोपनीयता र सूचना बाहिर गइरहेका कारण समस्या आएको जनाइएको छ ।
सुरुमा क्यानडाको सम्पूणर् सरकारी कर्मचारीको डिभाइस तथा कार्यालयमा प्रयोग गरिने डिभाइसबाट यो हटाउन सर्कुलर जारी गरिएको थियो । क्यानडाले यी दुई भन्दा अगाडि नै गत वर्षको सुरुवातमा टिकटकमाथि प्रतिबन्ध लगाइसकेको थियो । पछिल्लो समय अस्ट्रेलिया, इस्टोनिया, बेलायत, फ्रान्स, नेदरल्यान्डस, नर्वे, बेल्जियम, डेनमार्क, अमेरिका, न्युजील्यान्ड, भारत र ताइवानमा यसमा कडाइ गरिएको हो । यो एप राष्ट्रिय सुरक्षा तथा व्यक्तिगत गोपनीयता र प्रोपोगान्डा मच्चाउन सहज हुने भएकाले बन्देज लगाइएका हुन् । महत्वपूणर् समयमा यसले राज्यलाई नै अप्ठेरो पर्नसक्ने कुरामा संसारका धेरै देश सहमत भइसकेका छन् ।