२०८१ मंसिर २९ शनिबार

बिआरआई अनुदानका रूपमा लिन सुझाव

काठमाडौँ, मङ्सिर १३ गते । नेपाली कांग्रेसले चीन सरकारको परियोजना ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बिआरआई) अनुदानका रूपमा दिने गरी समझदारी गर्न सरकारलाई सुझाव दिएको छ । कांग्रेसका शीर्ष नेताको बुधबार बसेको बैठकले राष्ट्रिय अर्थतन्त्रलाई दृष्टिगत गर्दा अहिले ऋण लिन सक्ने अवस्था नरहेको निष्कर्ष निकालेको हो ।

बैठकपछि प्रवक्ता प्रकाशशरण महतले शीर्ष नेताबिच बिआरआईबारे छलफल भएको जानकारी दिँदै ऋणका रूपमा नभई केवल अनुदानका रूपमा मात्रै बिआरआई सम्झौता गर्नुपर्ने निष्कर्षमा पुगेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “चीन सरकार अनुदानकै रूपमा बिआरआई परियोजना स्वीकार गर्न र प्राविधिक सहयोग गर्न तयार भएमा मात्रै समझदारी गर्नु पर्छ । अनुदानका रूपमा समझदारी गर्न चीन सरकार सकारात्मक नभएमा पछि छलफल गर्नु पर्छ ।”

गोरखापत्र अनलाइन

२०८१ मंसिर १३, बिहीबार प्रकाशित 0 Minutes 10 Views

ताजा समाचार