२०८१ मंसिर २६ बुधबार

मुग्लिन-नरायणघाट सडकखण्डमा ट्रक दूर्घटनाः दुई जनाको मृत्यु, दुईको अवस्था गम्भीर

चितवन- मुग्लिन-नरायणघाट सडकखण्डमा हिजो साँझ भएको ट्रक दूर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाईते भएका छन् ।

दुर्घटनामा परी मकवानपुर गडी गाउँपालिका निवासी दिपक दाहाल र श्याम बजगाईंको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

ईच्छाकामना गाउँपालिका-६ नौकिलोमा बा.प्र.०३००१ ख ३४९० नम्वरको चामल बोकेको सो ट्रक आफैं अनियन्त्रित भई दुर्घटनामा भएको हो ।

सो दूर्घटनामा घाइते भएका तीन जनाको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । उनिहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको पनि जनाइएको छ । ट्रक सडकको कुनामा गएर पल्टिएका कारण घाईतेहरुको च्यापिएको अवस्थमा उद्दार गरिएको थियो ।नेपाल टिभी अनलाइनबाट ।

२०८१ मंसिर १०, सोमबार प्रकाशित 1 Minute 9 Views

ताजा समाचार