२०८३ असार १७ बुधबार

उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

राष्ट्रपति रामचन्द्र पौडेल ।

काठमाडौँ, मङ्सिर ९ गते । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा, ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ ।

उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवं शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाल सरकार, मन्त्रिपरिषद्को मङ्सिर ६ गतेको बैठकको निर्णयबमोजिम प्रधानमन्त्रीको सिफारिसमा सेना परिचालनको निर्णय गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।

गोरखापत्र अनलाइन

२०८१ मंसिर १०, सोमबार प्रकाशित 0 Minutes 142 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।