काँकरभिट्टा । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले चाडपर्वको समयमा २४ सै घण्टा नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्न आफ्नो मातहतका निकायलाई निर्देशन दिएको बताएका छन् ।
चाडपर्व लक्षित सुरक्षा, सवारी तथा बजार ब्यवस्थापन, सुरक्षामा प्राविधिको प्रयोग सम्बन्धि सरोकारवालासँगको छ्लफलमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै प्रजिअ बाँस्तोलाले चाडपर्वमा हुने अपराधिक घटना, सीमा सुरक्षा, कालोबजारी, लागूऔंषध ओसारपसारलगायतका अपराधिक घटना नियन्त्रणमा लागि परेको बताएका हुन् ।
उनले खुल्ला सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि नियन्त्रणका लागि कडाई गर्न नेपाल प्रहरी, शसस्त्र प्रहरीलाई निर्देशन दिएको जानकारी दिए । बजारमा कालोबजारी गरेको पुष्टि भएमा ३ लाखसम्म जरीवाना गरिने प्रजिअको भनाई थियो ।
काँकरभिट्टा-पानीट्यांकी आगमन सहज बनाउन लागि सिटी रिक्साको उपयुक्त ब्यवस्थापन सम्बन्धित पक्षसँग छ्लफल गर्ने, सीमा क्षेत्र काँकरभिट्टा आसपासमा जडित बिग्रिएका सिसि क्यामरा मर्मत गर्न स्थानीय वडा कार्यालयसँग समन्वय गर्ने र लागुऔषध ओसारपसारका घटनालाई नियन्त्रण गर्न प्रहरीको ब्युरोलाई सबै संघसंस्था तथा समुदायले सहयोग गर्न आग्रह गरेका थिए ।
देशभर नै लागुऔषध ओसारपसार र दुर्ब्यशनी मौलाएको छ, प्रजिअ बाँस्तोलाले भने, प्रहरीको अपरेसनले मात्रै लागुऔषध ओसारपसार र दुर्ब्यशनी नियन्त्रण सम्भाव नहुने भएकाले प्रत्येक परिवार र समुदायले सहयोग गर्न आग्रह गरे ।
लागुऔषध ओसारपसार र दुर्ब्यशनी मौलाएपछि चोरी, लुटपाटका घटना बढेको उल्लेख गर्दै समाजका सबै तह सचेत रहनसमेत आग्रह गरेका थिए । उनले कुनैपनि घटना र अवस्थाको बारेमा तत्काल प्रहरीलाई जानकारी गराउन आग्रहसमेत गरेका थिए ।
उनले चाडपर्वमा यात्रुको चापसँगै सवारीको ब्यवस्थापन गर्न र भाडाको दर मूल्य कायम मूल्य सुचिको तालिकासहित सार्वजनिकस्थलमा बोर्ड यातायात ब्यवसायीलाई आग्रह गरेका थिए ।
कार्यक्रममा झापाका प्रहरी उपरीक्षक मिलन केशीले चाडपर्वलाई लक्षित गरेर सबै इलाका, चौकीमा मातहतका प्रहरी तैनाथ गरेको बताए ।
कार्यक्रममा शसस्त्र प्रहरीका उपरीक्षक कबिन्द्र राई, अनुशन्धान प्रहरी उपरीक्षक कुलचन्द्र नेपाल, शसस्त्र प्रहरी नायब उपरीक्षक लोकनाथ उप्रेती, होटल ब्यवसायी संघका राम तामाङ, मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेम प्रसाईं, मेचीनगर-७ का वडाध्याक्ष प्रल्लादमणि ओलीलगायतले आफ्नो क्षेत्रमा देखिएका समस्या र सामधानको बारेमा प्रजिअसमक्ष ध्यानाकर्षण गराएका थिए ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय झापाको संयोजन तथा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाको आयोजनामा सम्पन्न कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका बरिस्ठ प्रहरी नायब उपरीक्षक मिनबहादुर लामाले स्वागत गरेको कार्यक्रमको सञ्चालन मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेलले गरेका थिए ।