२०८१ भाद्र २७ बिहीबार

स्वर्गीय डाक्टर देबनाथको न्याय तथा आत्मा शान्तिका लागि रोट्रयाक्ट काँकरभिट्टाद्वारा दीप प्रज्वलन

काँकरभिट्टा । भारतको कोलकतामा बलात्कारपछि हत्या गरिएकि स्वर्गीय  डाक्टर मौमिता देवनाथको न्यायका लागि झापाको मेचीनगर-६ स्थित काँकरभिट्टामा दीप प्रज्वलन गरिएको छ ।

रोट्रयाक्ट क्लब अफ काँकरभिट्टाले काँकरभिट्टा बसपार्कमा दीप प्रज्वलन गरेको थियो । डा. मौमिता देवनाथको आत्मा शान्ति तथा दोषीलाई कारबाहीको माग गर्दै दीप प्रज्वलन गरिएको क्लबका सचिव विश्वास दाहालले बताए ।

भारतको आर जे कर मेडिकल कलेज कोलकत्तामा बलात्कारपछि विभत्स हत्या गरिएकी डा. मौमिता देवनाथको सम्झनामा दिप प्रज्ज्वलन तथा शोक सभा आयोजना गरिएको हो ।

क्लबले काँकरभिट्टा बस पार्कमा दिप प्रज्ज्वलन गरि स्वर्गीय डा. देवनाथप्रति श्रद्धाञ्जली व्यक्त गरेको थियो ।

उक्त कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष रोट्रयाक्टर बिनम सरदारले डाक्टरमाथी घटेको यो घटना भोली हाम्रो गाउँ समाजमा रहेका जो कोहि चेलिबेटीमा घट्न सक्ने र हामी कुनै पेशा वा समुदाय नभनेर एकजुट भए यस्ता समस्याको समाधान गर्न सकिने बताए ।

साथै, कार्यक्रममा बोल्दै क्लबका सचिव रोट्रयाक्टर विश्वास दाहालले यस घटनाप्रति विश्वभर भइरहेका आन्दोलनहरुमा क्लबको समेत ऐक्यवद्धता रहेको र यस्ता घटनाहरुलाई निरुत्साहित गर्न क्लब आगामी दिनहरुमासमेत सशक्त भएर लाग्ने बताए ।

गत अगस्ट ९, २०२४ मा ३६ घण्टे ड्युटी सकेर सेमिनार हलमा आराम गर्न गएकी डा देवनाथको बलात्कारपछि हत्या गरिएको थियो तर उक्त घटनाका आरोपीहरुको भने अहिलेसम्म पहिचान हुन सकेको छैन ।

कार्यक्रममा उपस्थितहरुले हातमा बलात्कार तथा महिला हिँसाविरुद्ध लेखिएका नारा र मैनबत्ती बोकेर उक्त घटना प्रति ऐक्यवद्धता जनाएका थिए ।

कार्यक्रममा रोटराक्ट क्लब अफ काँकरभिट्टाका सदस्य, स्थानीय बासिहरुको सहभागिता रहेको थियो ।

२०८१ भाद्र ३, सोमबार प्रकाशित 1 Minute 138 Views

ताजा समाचार