२०८१ भाद्र २७ बिहीबार

दैनिक शंख बजाउँदा फाइदै–फाइदा, यस्तो छ धार्मिक मान्यता

काठमाडौं । विशेषतः हिन्दु धर्मावलम्बीहरूले पूजापाठ गर्दा होस् वा कुनै धार्मिक समारोहमा शंख बजाउने गर्दछन् । पूजापाठमा हामी शंख बजाउँछौ । मन्दिरमा शंखको ध्वनी सुनिन्छ । मृत्यु संस्कारमा पनि शंख प्रयोग गरिन्छ । मन्दिर वा घराको पूजा कोठामा शंख राखेको हुन्छ । देवी देवताको तस्विरमा पनि शंख देखिन्छ । शंख, जो समुन्द्री जीवको खोल हो ।

यसको वैज्ञानिक कारण छ । शंख बजाउनु वा शंख राख्नु आडम्बर होइन । खासमा शंखको सम्बन्ध हाम्रो शरीर र आत्मासँग छ । शंखको प्रयोगले हाम्रो स्वास्थ्यमा एकदमै प्रभावकारी लाभ मिल्छ । आज हामी शंख बनाउनुको धामिर्क कारण र फाइदाको विषयमा जानकारी दिँदैछौं ।

के हो शंख ?

समुन्द्र मन्थनबाट प्राप्त भएको चौदह रत्नमा एक रत्न हो, शंख । हिन्दु धर्ममा शंखको खास महत्व छ । यसलाई माता लक्ष्मी र भगवान विष्णुले आफ्नो हातमा धारण गरेको देखाइन्छ ।

कति प्रकाराको हुन्छ ?

शंख मूख्यतः तीन प्रकारको हुन्छ, दक्षिणावर्ती, मध्यावर्ती र वामावर्ती । यसमध्ये मध्यावर्ती शंख एकदमै दुर्लभ हुन्छ ।

धार्मिक कारण

– वास्तुशास्त्र अनुसार शंखको ध्वनिले घरमा सकारात्मक ऊर्जा प्रवाह गर्छ ।

– शंख घरमा राख्दा वा बजाउँदा शुभ हुने विश्वास गरिन्छ ।

– शंख ध्वनिले वायुमा रहेको विकार हट्ने विश्वास गरिन्छ ।

– शंखको आवाजले सुतेको भूमिलाई जागृत गराउँछ ।

– यसको ध्वनिले भुतप्रेम, पिसाच भाग्ने विश्वास गरिन्छ ।

शंखको प्रयोगबाट हुने स्वास्थ्यमा फाइदा

– शंख राख्नु, बजाउनु र यसमा पानी राखेर उचित ढंगले प्रयोग गर्नुको खास फाइदा छ ।

– शंख बजाउँदा फोक्सोको व्यायाम हुन्छ । दमका रोगीलाई बेलुन फुक्न लगाएर जुन किसिमको उपचार विधी अपनाइन्छ, त्यसैगरी शंख फुकेर पनि श्वासप्रश्वास क्रियालाई चुस्त राख्न सकिन्छ ।

– शंखमा पानी संचित गरेर त्यसलाई पिउने चलन पनि छ । शंखमा राखिएको पानीमा क्याल्शियम, फस्फोरस जस्ता गुण रहेको हुन्छ । यसले हड्डी तथा दाँतको लागि राम्रो काम गर्छ ।

– वास्तुशास्त्रका अनुसार शंखमा यस्ता केहि गुण हुन्छ, जसले घरमा सकारात्मक उर्जा प्रवाह गर्छ । शंखको आवाजले सुतेको भूमिलाई जागृत गराउँछ । पत्रपत्रिकाबाट

२०८१ श्रावण २९, मंगलवार प्रकाशित 0 Minutes 85 Views

ताजा समाचार