२०८१ भाद्र २७ बिहीबार

तेस्रो मुलुकका पर्यटकलाई काँकरभिट्टाबाट भारत प्रवेश खुला

२२ साउन, काँकरभिट्टा । पूर्वी नाका काँकरभिट्टाबाट आगमन हुने तेस्रो मुलकका नागरिकका लागि बन्द रहेको नेपाल प्रवेशको सुदूरपूर्वकोद्वार काँकरभिट्टा नाका खुलेको छ ।

कोभिड-१९ पछि भारतीय अध्यागमन कार्यालयले तेस्रोमुलुकका सम्पूर्ण नागरिकहरुलाई आउने र सबै भिसा दिन बन्द गरेको थियो । नाकाखुलेसँगै तेस्रो मुलुमका पर्यटकले काँकरभिट्टा नाका प्रयोग गर्न थालेको सरकारी अधिकारीहरुले जनाएका छन् ।

कोरोनाको कारण देखाएर पूर्वीनाका हुँदै पैदलमार्ग भएर नेपाल घुम्न आउने पर्यटकलाई भारततर्फबाट प्रवेशाज्ञ (आगमन अनुमति) नदिँदा त्यसको असर सोझै नेपाली पर्यटनको क्षेत्रमा परेको थियो ।

१ अगष्ट २०२४ देखि भारतीयपक्षले नाका खुलाएको अध्यगमन कार्यालय काँकरभिट्टाले जनाएको छ । ‘हामीलाई टेलिफोनमार्फत तेस्रो मुलुककालागि पनि नाका खुलेको भारतीयपक्षले जानकारी गराएको छ’ अध्यगमन कार्यालय काँकरभिटटाका कार्यालय प्रमुख मोहन पनेरुले भने— जानकारी नभएकाले खासै पर्यटकको आगमन भएको छैन् ।’ नाका खुलेदेखि यता बंगलादेशका दुई, यूकेका एक, यूएसएका तीन, स्वीजरल्याण्डका चार भुटानका १७ जना पर्यटक नेपाल प्रवेश गरेको तथ्याङ्क कार्यालयसँग छ ।

यसैगरी, सोहि अवधिमा नर्वेका नागरिक दुई, जापानीज एक, स्वीजरल्याण्डका एक, यूकेका एक, भुटानका २३, बंगलादेश एकजना नागरिक काँकरभिट्टा नाका भएर बाहिरीएको कार्यालयले जनाएको छ । नेपाल प्रवेशको सुदूरपूर्वकोद्वार काँकरभिट्टासँग सोझै जोडीएको भारतको पश्चिम बंगाल राज्यको पानीट्याँकीमा रहेको अध्यागमन ‘चेकपोष्ट’ रानीगञ्जले नेपाली विद्यार्थी तथा भुटानीबाहेक तेस्रो मुलुकबाट नेपाली घुम्न आउने पर्यटकलाई प्रवेशाज्ञ (आगमन अनुमति ) नदिएका कारण पूर्वी नाकाबाट नेपाल घुम्न आउने पर्यटकको चहल पहल खासै थिएन् ।

यस विषयमा नेपाल तथा भारततर्फका अधिकारीहरुको औपचारिक तथा अनौपचारिकरुपमा पटक पटक छलफल भए पनि सुरक्षाको कारण देखाएर भारतीय अध्यगमन कार्यालयले प्रवेशाज्ञ ‐आगमन अनुमती) नदिएको बताइएको थियो ।
कोभिडका कारण भारतीयपक्षले आवतजावतमा कडाई गरे पनि पछिल्लो समयमा नेपाल घुम्न आउने पर्यटकलाई नेपालतर्फ कुनै समस्या नभएको ,निर्वाधरुपमा नेपाल घुम्न सक्ने अध्यगमन कार्यालय काँकरभिट्टाका अधिकारीहरु बताउँछन् ।

२०८१ श्रावण २२, मंगलवार प्रकाशित 1 Minute 212 Views

ताजा समाचार