२०८१ बैशाख १४ शुक्रबार

प्रदेश १ : प्रदेशसभाको बैठक २३ माघमा बोलाइयो

विराटनगर । प्रदेश १ प्रदेशसभाको बैठक माघ २३ गतेका लागि बोलाइएको छ ।

पुस ३० गते उपसभामुखको निर्वाचनपछि सभामुख बाबुराम गौतमले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको  बैठक माघ २३ गतेका लागि बोलाइएको हो।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले छैठौं बैठक २३ गते सोमबार दिउँसो  १ बजेका लागि बोलाइएको जानकारी दिए।

प्रदेशसभाको सभामुखमा ओखलढुंगाका बाबुराम गौतम र उपसभामुखमा उदयपुरकी सिर्जना दनुवार निर्वाचित भइसकेका छन्। प्रदेशसभाले विषयगत समितिको टुंगो लगाउन बाँकी छ।

पुस २५ गते हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो। सरकार गठनको  दुई सातापछि उनले सात सदस्यीय मन्त्रिपरिषद्को कार्यविभाजन गरेका थिए। थाहा खबर

२०७९ माघ १२, बिहीबार प्रकाशित 0 Minutes 199 Views

ताजा समाचार