२०८१ आश्विन २८ सोमबार

सुनको मूल्य एकैदिन १,९०० ले बढ्यो

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार ९०० रुपैयाँ बढेर कारोबार भएको छ ।

यसअघि जेठ २५ गते सुन हालसम्मकै उच्च मूल्य एक लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसयता भने सुनको मूल्य घटेको थियो ।

आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन आज प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदी प्रतितोला २५ रुपैयाँ बढेर कारोबार भइरहेको छ । यसदिन चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा कारोबार भएको थियो ।

२०८१ असार ७, शुक्रबार प्रकाशित 0 Minutes 122 Views

ताजा समाचार