२०८१ असार ४ सोमबार

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । छापावााला सुन प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कामय हुँदै हालसम्मकै उच्च रेकर्ड कायम गरेको हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा आज १ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो ।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार ७ सय रुपैयाँले नै बढ्दै १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँले घट्दै १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

२०८१ जेष्ठ १८, शुक्रबार प्रकाशित 0 Minutes 112 Views

ताजा समाचार