२०८१ जेष्ठ ७ सोमबार

मोरङको रङ्गेलीबाट नेपाली नक्कली नोटसहित महिला पक्राउ

मोरङको रङ्गेलीबाट नेपाली नक्कली नोटसहित एक महिला पक्राउ परेकी छिन् ।  रङ्गेली नगरपालिका-९ स्थित दोहमनामा नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले सुनवर्सी नगरपालिका ५ टकुवाकी ४० वर्षीया कुरेसा खातुनलाई ५ सय दरका १८ थान (नौ हजार) नेपाली नक्कली नोट सहित पक्राउ गरेको हो । नक्कली नोट सहित पक्राउ परेकी खातुनको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

२०८१ बैशाख २८, शुक्रबार प्रकाशित 1 Minute 82 Views

ताजा समाचार