२०८१ जेष्ठ ९ बुधबार

इदको अवसरमा बिहीबार सार्वजनिक बिदा

काठमाडौं, चैत २८ गते । नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरुको पर्व ईद–उल फित्र (इद) को अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितले आज एक विज्ञप्ति सार्वजनिक गर्नुहुँदै नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय भएको बताउनुभएको छ ।

उहाँद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “चैत २९ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”

२०८० चैत्र २८, बुधबार प्रकाशित 0 Minutes 101 Views

ताजा समाचार