२०८२ जेष्ठ २१ मंगलवार

कोशी सरकारबाट बाहिरिने माओवादीको निर्णय, समर्थन पनि फिर्ता

झापा । नेकपा माओवादी केन्द्रले कोशी सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो।

कोशीमा माओवादी केन्द्रका १३ सांसद रहेका छन्।

९३ सदस्यीय कोशी प्रदेश सभामा बहुमतका लागि ४६ सांसद आवश्यक पर्दछ।

कोशीमा एमालेका ४०, कांग्रेसका २९, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद रहेका छन्।

माओवादी केन्द्रले समर्थन फिर्ता लिने निर्णय गरेसँगै कोशी सरकार अल्पमतमा परेको छ।देशसञ्चार

२०८० चैत्र २६, सोमबार प्रकाशित 0 Minutes 218 Views

ताजा समाचार