२०८१ बैशाख ८ शनिबार

महिला टी–२० : उपाधिका लागि आज प्रदेश १ र सुदूरपश्चिम भिड्ने

सुनसरी । सुनसरीको इटहरीमा जारी प्रधानमन्त्री महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ।

दिउँसो १२ बजे जनता क्रिकेट पार्कमा सुरु हुने खेलमा उपाधिका लागि प्रदेश १ र सुदूरपश्चिम भिड्नेछन्। प्रदेश १ विभागीय क्लब एपीएफलाई पराजित गर्दै फाइनलमा पुगेको हो।

शुक्रबार भएको खेलमा प्रदेश १ ले एपीएफलाई आठ विकेटले पराजित गरेको थियो। त्यस्तै मधेश प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान बनाएको थियो। सुदूरले मधेसविरुद्ध ११४ रनको फराकिलो जित निकालेको थियो।

२०७९ माघ ७, शनिबार प्रकाशित 0 Minutes 176 Views

ताजा समाचार