२०८१ बैशाख १७ सोमबार

मेची नदीमा मृत भेटिएका व्यक्ति भारतीय नागरिक

भद्रपुर ।  नेपाल-भारत भएर बग्ने मेची नदीमा मृत फेला परेका व्यक्ति भारतीय नागरिक रहेको खुलेको छ । भद्रपुर नगरपालिका- ३ स्थित बैसाबारीमा मृत भेटिएका व्यक्ति देश भारत रावागञ्ज घर भई भारत झाला बस्ती बस्ने अन्दाजी ४० वर्षीय सुनिल सोरन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बैसाबारीको मेची नदीमा निर्माण गरिएको अस्थायी बासको पुल मुनि आइतबार दिउँसो करिब १ बजेको समयमा उनको शव फेला परेको थियो । शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

२०८० चैत्र १९, सोमबार प्रकाशित 1 Minute 191 Views

ताजा समाचार