२०८१ बैशाख १५ शनिबार

मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला

काठमाडौं । द हिडन ट्रेजरले मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला गरेको छ । प्रतियोगिताका लागि इच्छुक नेपाली युवतीले जेठ १ गतेसम्म आवेदन दिन सक्नेछन् ।

मिस नेपाल २०२४ को ग्रान्ड फिनाले साउन १९, गते गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ ।

प्रतियोगितामा न्यूनतम ५ फिट ३ इन्च उचाइ भएका १८ देखि २७ वर्षका अविवाहित नेपाली युवतीले आवेदन दिन सक्नेछन् । प्रतियोगितामा भाग लिन आवेदनको कुनै पनि शुल्क नलाग्ने द हिडन ट्रेजरले जनाएको छ ।

मिस नेपाल प्रतियोगिताका लागि सहभागीहरूको खोजी बिर्तामोड, इटहरी, वीरगन्ज, चितवन, भैरहवा, नेपालगन्ज, पोखरा, सुर्खेत र काठमाडौंलगायत विभिन्न सहरमा हुनेछ । फाइनल अडिसन मे १८, २०२४ मा काठमाडौंमा हुनेछ । जसबाट छानिएका प्रतियोगिहरूले ग्रान्ड फिनालेको तयारीका लागि प्रशिक्षण लिनेछन् ।

यस वर्षको प्रतियोगितामा तीन मुख्य विजेता मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल हुने द हिडन ट्रेजरले जनाएको छ ।

२०८० चैत्र १४, बुधबार प्रकाशित 0 Minutes 113 Views

ताजा समाचार