२०८१ बैशाख १५ शनिबार

कुन-कुन कारणले हुन्छ पुरुष र महिलामा बाँझोपन ?

बाँझोपनको समस्या तीव्र गतिमा बढ्दै गएको छ । महिला र पुरुष दुवै यसको सिकार भएका छन् । चिकित्सकहरूका अनुसार कुल जनसंख्याको १५ प्रतिशत मानिस यो समस्यासँग जुधिरहेका छन् । यो एक गम्भीर समस्या हो, तर दम्पती यस विषयमा कुरा गर्न डराउँछन् वा लाज मान्छन् ।

यदि कुनै दम्पतीले बिना कुनै गर्भ निरोधक अपनाएर एक वर्षसम्म लगातार यौन क्रियाकलापमा संलग्न भएपनि गर्भधारण हुन नसकेको अवस्थालाई बाँझोपन भनिन्छ ।

बाँझोपनको समस्या महिला र पुरुषमा समान रूपमा हुन्छ । पुरुष र महिलामा बाँझोपनको विभिन्न कारण हुन सक्छन् ।

महिलामा बाँझोपनको कारण

यदि हामी महिलाको बाँझोपनको बारेमा कुरा गर्छौं भने  मुख्य रूपमा डिम्बाशयको कार्यक्षमतामा समस्या भए, डिम्बवाहिनी नलीले राम्रोसँग काम नगरेमा, पाठेघरको असामान्य बनावट, शरीरको हार्मोनमा गडबडी र डिम्बवाहिनी नलीमा टीबी भएमा महिलामा बाँझोपनको समस्या देखा पर्छ ।

पुरुषमा बाँझोपनको कारण

शुक्रकीटको गुणस्तर खराब भएमा, शुक्रकीटको संख्या कम भएमा, शुक्रकीट गतिशीलता कम भएमा, शरीरको हार्मोनमा गडबडी भएमा, तनाव र अन्य कुनै जीर्णरोगको कारण शुक्रकीटको संख्या कम हुँदा पुरुषमा बाँझोपनको समस्या देखा पर्छ ।

बाँझोपन निम्त्याउने काकहरू

कुनै कारणवश दम्पती सँगै बस्न नपाउँदा, धुम्रपान, रक्सी, सुर्ती सेवन बढी मात्रामा गर्दा र विवाह तथा सन्तान योजनामा ढिलाइ गर्दा बाँझोपनको समस्या निम्तिने सम्भावना धेरै हुन्छ ।

पुरुषको तुलनामा महिलामा बाँझोपनको समस्या बढी हुन्छ ?

पुरुषको तुलनामा महिलामा बाँझोपनको समस्या बढी हुन्छ भन्ने कुरा गलत हो । यसका लागि ४० प्रतिशत महिला, ४० प्रतिशत पुरुष, १० प्रतिशत दुवै जिम्मेवार हुन्छन् । बाँझोपनको १० प्रतिशत कारण पत्ता लागेको छैन ।

बाँझोपनको लक्षण

बाँझोपनको सबैभन्दा ठूलो र पहिलो लक्षण भनेको विवाहको एक वर्ष बितिसक्दा पनि गर्भवती नहुनु हो । ३५ वर्षभन्दा माथिका महिलाले एक वर्ष कुर्नु हुँदैन । पीडादायी महिनावारी, महिनावारीमा धेरै रक्तस्राव, तल्लो ढाड दुखाइ र असामान्य योनीस्राव यसका लक्षणहरू हुन् ।

बाँझोपनको उपचार

बाँझोपनको उपचारका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा परिवार र साथीको सहयोग हो । बाँझोपनको कारण अनुसार उपचार सस्तो वा महँगो हुनसक्छ तर अधिकांशमा उपचार भने सम्भव छ । कतिपय अवस्थामा कृत्रिम गर्भाधान प्रक्रिया (आईभीएफ) पनि गर्नुपर्ने हुन्छ ।

महिला वा पुरुष स्वस्थ र फिट देखिए पनि उनीहरूको जीवनशैली पनि राम्रो भए पनि उनीहरूमा बाँझोपनको समस्या देखिंदैन भन्ने हुँदैन । कुनै शंका लागे तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ । सबैभन्दा ठूलो कुरा यो समस्या महिला र पुरुष दुवैलाई हुनसक्छ, त्यसैले दुवैको परीक्षण र उपचार गर्नु जरुरी हुन्छ ।

बाँझोपनबाट बच्ने उपाय

विवाहअघि महिनावारीसँग सम्बन्धित कुनै समस्या छ भने अस्पताल गएर चिकित्सकको सल्लाह लिनुपर्छ । यौनजन्य समस्या देखा परेमा तुरुन्तै उपचार खोज्ने, मानसिक तनावलाई व्यवस्थापन गर्ने, सानैदेखि खानपानमा विशेष ध्यान दिने र शारीरिक वजन नियन्त्रणमा राख्ने, रक्सी चुरोट अत्याधिक मात्रामा नखाने, दैनिक व्यायाम गर्ने गर्नुपर्छ ।

एजेन्सीको सहयोगमा

२०८० चैत्र ७, बुधबार प्रकाशित 0 Minutes 90 Views

ताजा समाचार