२०८१ बैशाख १५ शनिबार

भ्रम फैलाउँदै चिनियाँ समर्थक

झापा । जनवरी २०२४ मा भारतीय विदेशमन्त्री एस जयशंकरको काठमाडौं भ्रमणका क्रममा नेपाल र भारतले एक दीर्घकालीन विद्युत सम्झौतामा हस्ताक्षर गरे, जुन आउँदो १० वर्षमा नेपालले भारतमा १० हजार मेगावाट विद्युत् निर्यातको सुविधा प्रदान गर्नेछ । यो सम्झौता अनुसार भारतले छिमेकी मुलुकबाट आयात हुने विद्युत् हालको ४५० मेगावाटबाट वृद्धि गरी आगामी १० वर्षमा १० हजार मेगावाट पुर्याउनेछ ।

यद्यपि नेपालका पूर्व ऊर्जा सचिव सूर्यनाथ उपाध्यायले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्, जसमा तर्क दिइएको छ कि नयाँ दीर्घकालीन विद्युत व्यापार सम्झौता नेपालको हितको विरूद्धमा छ । किनकी यसले भारतलाई हिमाली राष्ट्रको पानीको अनुचित प्रयोग गर्नका लागि सक्षम बनाउने छ । यद्यपि, यस्तो महसुस हुन्छ कि विवादमा जति देखिएको छ, त्यो भन्दा कतै बढी नै छ ।

भारत-नेपाल व्यापार सम्झौताको विरुद्धमा एउटा रिट दायर गरिएको छ । जब बिआरआई जस्ता चिनियाँ परियोजनाको कुरा आउँछ, तब कसैले पनि चीनसँग सम्बन्धित कुनै पनि परियोजना विरुद्ध निवेदन दिएको छैन । यहाँसम्म कि गतवर्ष प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा भएको सम्झौताको विषयवस्तु पनि जनतालाई थाहा छैन र कसैले सोध्ने आँट पनि गरेको छैन । यस्तो लाग्दछ कि नेपाललाई चीनमाथि निर्भर बनाउने प्रयास भइरहेको छ ।

भर्खरै सन् २०२३ को सेप्टेम्बरमा काठमाडौंमा भएको एक कार्यक्रममा सहभागी हुँदा नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपालको भारतसँगको सम्बन्धमा टिप्पणी गरेर भारतलाई नराम्रोसँग प्रस्तुत गरेर विवाद सिर्जना गरिदिएका थिए । चिनियाँ राजदूतले भारतविरुद्ध एक सार्वजनिक कार्यक्रममा गैरकूटनीतिक टिप्पणी गरेका थिए । विगतमा पनि नेपालमा चीन समर्थकहरूले भारतीय कम्पनीले निर्माण गरिरहेको जलविद्युत् आयोजनाको विरोध गरेका छन् ।

सूर्यनाथ उपाध्याय नेपाल-भारत प्रबुद्ध व्यक्ति समूहका सदस्य हुन्, जसमा दुबै देशका प्रतिनिधिको रूपमा उल्लेखनीय व्यक्तिहरू सहभागी छन् । जसलाई दुबै देशबीच विगतमा भएका सम्झौता र सन्धिहरूको समिक्षा एवम् संशोधन गरेर नेपाल-भारत द्विपक्षीय सम्बन्धलाई पुनर्भाषित गर्ने जिम्मेवारी दिइएको छ ।

३१ जनवरी २०२४ मा उनले पूर्व मुख्यसचिव लीलामणि पौडेल र नेकपा मालेका महासचिव सीपी मैनालीसँग ‘नेपाल सरोकार अभियानको’ क्रममा ‘नेपाली अन्तर्राष्ट्रिय विमानस्थलको व्यापार विदेशीसँग गर्ने षड्यन्त्र विरुद्ध नेपाल सम्वाद कार्यक्रम’ मा पनि काठमाडौंमा भाग लिए । कार्यक्रममा मैनालीद्वारा यो दाबी गरियो कि नेपाली अन्तर्राष्ट्रिय विमानस्थलहरूको सञ्चालन भारतीय अडानी समूहलाइ सुम्पिनुले नेपालको रणनीतिक हितलाई क्षति पुग्नेछ र नेपाल भारतमाथि निर्भर हुन जानेछ ।

सूर्यनाथ उपाध्यायको यस दुबै कार्यले नेपाल-भारत इपीजी समूहमा उनको सदस्यतामाथि सवाल खडा गरिदिएको छ कि उनी यस समूहमा र भारत-नेपाल सम्बन्धमाथि सधैं नकारात्मक सुझाव दिनेछन्, जुन दुबै देशबीचको घनिष्ठ सम्बन्ध निर्माणको लागि राम्रो होइन ।

२०८० चैत्र १, बिहीबार प्रकाशित 1 Minute 433 Views

ताजा समाचार