२०८१ बैशाख १२ बुधबार

घिमिरेलाई सभामुखमा प्रस्ताव गर्दै नेम्वाङले भने– ‘रेफ्रीको भूमिका निभाउनु हुनेछ’

झापा । पूर्व सभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले वर्तमान प्रतिनिधिसभा समक्ष गम्भीर र महत्त्वपूर्ण जिम्मेवारी रहेको बताएका छन् ।

सभामुखमा एमाले उम्मेवदार देवराज घिमिरेको नाम प्रस्ताव गर्दै नेम्वाङले प्रतिनिधिसभालाई जवाफदेही र पारदर्शी बनाउनुपर्ने दायित्व नयाँ सभामुखको हुने बताएका हुन् ।
‘यस सभा र यसको नेता सभामुखमाथि धेरै र गम्भीर जिम्मेवारी छन् । जवाफदेहिता र पारदर्शिता स्थापित गराउनुपर्ने पहिलो जिम्मेवारी हो । प्रतिनिधिसभामार्फत सरकारलाई नगारिकप्रति जवाफदेही बनाउनु पर्नेछ । थुप्रै चुनौती छन् । तर चुनौतीलाई अवसर बदल्ने संघारमा छौं,’ नेम्वाङले भने, ‘यस बेला कमी कमजोरीका बावजुद ठीक ठाउँमा पुग्छौं । यो सभा त्यो जिम्मेवारी पूरा गर्न सफल हुन्छ भन्ने विश्वास गरेको छु । हामीले प्रस्ताव गरेका देवराज घिमिरे सक्षम हुनुहुन्छ । उहाँले निष्पक्ष रेफ्रीको भूमिका निभाउन सक्नुहुन्छ ।’

२०७९ माघ ५, बिहीबार प्रकाशित 0 Minutes 279 Views

ताजा समाचार