२०८१ बैशाख १३ बिहीबार

सभामुख चयनका लागि मतदान हुँदै, प्रतिस्पर्धामा घिमिरे र न्यौपाने

काठमाडौं । संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभामा आज सभामुख चयनका लागि मतदान हुँदै छ ।

सभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)का देवराज घिमिरेले उमेदवारी दर्ता गराएका छन् । उनले बुधबार तोकिएका समयमा सत्तासाझेदार दलहरुको तर्फबाट उमेदवारी दर्ता गराएका हुन् ।

घिमिरेको प्रस्तावकमा एमालेका संसदीय दलको उपनेता सुवास नेम्वाङ रहेका छन् । यस्तै समर्थकहरूमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन छन् ।

यस्तै, विपक्षी गठबन्धनबाट सभामुख पदमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले उमेदवारी दर्ता गराएकी छन् । उनको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा रहेका छन् । समर्थकमा समर्थकमा नेकपा (एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वाला रहेका छन् ।

२०७९ माघ ५, बिहीबार प्रकाशित 0 Minutes 168 Views

ताजा समाचार