
काठमाडौं । सरकारमा जाने विषयमा जनता समाजवादी पार्टी अनिर्णीत देखिएको छ ।
जसपाको बुधवार बिहान केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको थियो । बैठकमा परामर्श लिने काम भएको महासचिव मनिषकुमार सुमनले जानकारी दिए । ‘यो निर्णय गर्नका लागि बोलाइएको बैठक नै थिएन । सबै नेताहरूले आ–आफ्नो राय राख्नुभयो,’ उनले भने ।

उनले केन्द्रीय कार्यकारिणीका अधिकांश सदस्यहरूको मधेस सरकारको चिन्ता देखिएको बताए । मधेस प्रदेशमा अहिले जसपाको नेतृत्वमा सरकार छ । सरोजकुमार यादव मधेस प्रदेशका मुख्यमन्त्री छन् ।
‘सबैले मधेस प्रदेश सरकारबारे चिन्ता व्यक्त गर्नुभयो । हामीले जे जति उपलब्धि हासिल गरेका छौं । त्यसको जगेर्ना गर्नुपर्यो,’ उनले भने । प्रतिनिधि सभामा जसपाको १२ सिट छ ।
सोमवार नयाँ गठबन्धन बन्दै चार दलबीच सत्ता साझेदारी हुँदा त्यसमा जसपाले पनि हस्ताक्षर गरेको थियो । सेतोपाटी