२०८१ भाद्र २३ आईतवार

नयाँ सत्ता समीकरण असामान्य घटना : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नयाँ सत्ता समीकरण सामान्य घटना नभएको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सोमवारमात्रै कांग्रेससँगको गठबन्धन तोडेर एमाले–रास्वपालगायत दलसँग गठबन्धन गरेपछि नेता कोइरालाले यसलाई असामान्य घटनाको रुपमा टिप्पणी गरेका हुन् ।

‘राजनीतिमा गठबन्धन बन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजोको घटना सामान्य होइन,’ मंगलवार बिहान उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । उनले प्रधानमन्त्री प्रचण्ड अस्थिर, माओवादी कमजोर र सत्ताको लागि जे पनि गर्न तयार पार्टी भएकाले कांग्रेसलाई महँगो परेको बताएका छन् ।

उनले सत्ता गठबन्धन बन्नु र तोडिनुमा कांग्रेस पनि जिम्मेवार रहेको बताउँदै भविष्यका लागि सजग हुनुपर्ने बताएका छन् । अनलाइन खबर

२०८० फाल्गुन २२, मंगलवार प्रकाशित 0 Minutes 88 Views

ताजा समाचार