२०८१ बैशाख ३ सोमबार

कांग्रेसले गठबन्धन भत्किनुको आधिकारिक धारणा सार्वजनिक गर्ने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो तीन बजे बैठक बोलाएका हुन् । सभापति देउवा निवास बूढानीलकण्ठमा बस्ने तय भएको बैठकमा नयाँ सत्ता समीकरणबारे समीक्षा हुने नेताहरूले बताएका छन् ।

सोमवार सत्ता गठबन्धन भत्किएर नयाँ बनेको छ । सत्ता गठबन्धन टुट्नुको आधिकारिक धारणा पनि बैठकपछि सार्वजनिक गरिने कांग्रेसले जनाएको छ । कार्यसम्पादन समिति ४६ जनाको हुने व्यवस्था भए पनि देउवाले ३७ जनालाई मात्रै बोलाएका छन् । अनलाइन खबर

२०८० फाल्गुन २२, मंगलवार प्रकाशित 0 Minutes 63 Views

ताजा समाचार