२०८१ बैशाख ८ शनिबार

कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपाने गरिन् उम्‍मेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसबाट सभामुखमा ईश्वरी न्यौपानेले मनोनयन दर्ता गराएकी छिन् ।

बुधबार संघीय संसद सचिवालयमा उनले सभामुखमा मनोनयन दर्ता गराएकी हुन् ।

उनको उम्मेदवारीको प्रस्तावकमा कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा र समर्थक एकीकृत समाजवादीका नेता प्रकाश ज्वाला रहेका छन् ।

यसअघि कांग्रेस, एकीकृत समाजवादी र लोसपाका शीर्ष नेताको बैठक कांग्रेस संसदीय दलको कार्यालयमा न्‍यौपानेलाई सभामुखमा उम्‍मेदवार बनाउने निर्णय गरेको थियो ।

यता, सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरेले मनोनयन दर्ता गराइसकेका छन् ।

 

२०७९ माघ ४, बुधबार प्रकाशित 1 Minute 435 Views

ताजा समाचार