२०८१ जेष्ठ ६ आईतवार

संघीय संसदको दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गत दुवै सदनको बैठक शुक्रवार बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ । परराष्ट्र मन्त्री नारायणप्रकाश साउदले विमस्टेक वडापत्र प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले निर्माणमुखि सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने र विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

अर्थमन्त्री प्रकाशशरण महतले भन्सार विधेयकमाथि विचार गरियोस् भनेर प्रस्ताव गर्ने कार्यसूची रहेको छ । राष्ट्रिय सभाको बैठक शुक्रवार मध्याह्न १२ बजेर ९ मिनेटमा बस्नेछ ।

आजको बैठकमा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम २२६ ‘क’ बमोजिम लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फबाट अनिता देवकोटाले निर्वाचन क्षेत्र (प्रदेश) विकास निर्माण, शान्ति सुव्यवस्था लगायत कार्यहरूको अनुगमन, निरीक्षण र मूल्यांकन प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्यांकन प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ को दफा १९ को कार्यान्वयन मापन प्रतिवेदन पेश गर्ने पनि कार्यसूची रहेको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरीङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने पनि कार्यसूची रहेको छ । सेतोपाटी

२०८० फाल्गुन १८, शुक्रबार प्रकाशित 0 Minutes 67 Views

ताजा समाचार