२०८१ जेष्ठ ६ आईतवार

प्राइमरी इलेक्सन २०८४ मा पाइलट प्रोजेक्ट हुनेछः विश्वप्रकाश शर्मा

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी रुपान्तरणका लागि प्राइमरी इलेक्सन २०८४ सालबाट नै सुरु हुने बताएका छन् ।

‘कुनैपनि तहमा उम्मेदवार उठाउँदा त्यही भूगोलमा रहेका साथीहरुको भावना अनुसार त्यहीका साथीहरुले छनोट गर्न पाउने प्राइमरीको पद्धति बमोजिम त्यसलाई पाइलेट प्रोजेक्टको रुपमा लिएर जाने निर्णय गरेका छौं,’ महामन्त्री शर्माले भने ।

महासमिति बैठकमा ऐतिहासिक भएको टिप्पणी गरेका शर्माले बिहीबार समापनको अवसरमा बोल्ने क्रममा गुनासा, असन्तुष्टि छलफलको क्रममा पोखिएको बताए । तथापी, पार्टी एकढिक्का भएर बैठकबाट निस्कने परिस्थिति बनेको बताए ।

गठबन्धनका गर्ने नगर्ने विषयले मात्रै प्राथमिकता पाएकोज जस्तो बाहिर देखिएपनि बैठकमा त्यस्तो नभएको शर्माले दाबी गरे । ‘त्यो विषयका अलावा धेरै महत्वपूर्ण विषयमा छलफल भयो । खुला छलफल भयो । देशको स्थितिको बारे छलफल भए । गुनासोहरु पोखिए । असन्तुष्टिहरु पोखिए,’ शर्माले भने ।

राजनीतिक प्रणाली परिवर्तन गर्ने २००७ सालको फागुन ७ लाई गत फागनु ७ सँग उनले तुलना गरे । सुशासनका पक्षमा एक ढिक्का भएर उभिने निर्णय यो फागुन ७ गतेबाट सुरु भएको महासमिति बैठकले गरेको उनले बताए ।

‘महासमिति बैठकमा उभिएर कांग्रेस संकल्प गरिरहेको छ । व्यवस्थामा परिमार्जन गर्छौं । अवस्थामा रुपान्तरण गर्छौं,’ शर्माले भने

२०८० फाल्गुन १०, बिहीबार प्रकाशित 0 Minutes 183 Views

ताजा समाचार