
ललितपुर । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक गोदावरीमा बस्ने भएको छ ।
सभापति शेरबहादुर देउवाले बिहीवार ललितपुरको गोदावरीस्थित भिलेज रिसोर्टमा बैठक बोलाएका हुन् । महासमिति बैठकमा भएको समूहगत छलफल र समापन समारोह तयारीबारे बैठकमा छलफल हुनेछ ।

महासमिति सदस्यहरूले दिएका सुझावलाई प्रतिवेदन पारित गर्दा कसरी समेट्ने भनेर छलफल गर्न गोदावरी भिलेज रिसोर्टमा बैठक बोलाइएको प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माले जानकारी दिए ।
कांग्रेस महासमिति बैठक आज सकिँदैछ । सेतोपाटी
२०८० फाल्गुन १०, बिहीबार प्रकाशित
0 Minutes
112 Views